Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

रियाध विमानस्थलमा दुई दिनमै दोस्रो आक्रमण, एक पाकिस्तानी नागरिकको मृत्यु

Hamro Biratnagar News Channel Calendar सोमबार, असोज २६, २०८३  | बिहान ९:०७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । साउदी अरेबियाको राजधानी रियाधस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा दुई दिनभित्र दोस्रो पटक आक्रमण भएको छ। आइतबार भएको पछिल्लो घटनामा एक पाकिस्तानी नागरिकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। साउदी नागरिक उड्डयन प्राधिकरणले घटनाबारे जानकारी दिएको हो।

साउदी सैन्य प्रवक्ताका अनुसार विमानस्थलको यात्रु कक्षमा क्षेप्यास्त्र खसेपछि आगलागी भएको थियो। यसअघि शनिबार भएको आक्रमणमा १३ जनाको मृत्यु भएको र ३०८ जना घाइते भएको दाबी गरिएको थियो।

विज्ञापन

यमनका हुथी विद्रोहीले दुवै आक्रमणको जिम्मेवारी लिएका छन्। उनीहरूले अन्तर्राष्ट्रिय विमान कम्पनी र यात्रुलाई साउदी अरेबियाका विमानस्थल तथा हवाई क्षेत्र प्रयोग नगर्न चेतावनी दिएका छन्।

हुथी सैन्य प्रवक्ता याह्या सारेईका अनुसार पछिल्लो २४ घण्टामा बलिस्टिक तथा क्रुज क्षेप्यास्त्र र ड्रोन प्रयोग गरेर रियाध विमानस्थल, पूर्वी साउदी अरेबियाका तेल पूर्वाधार र दम्माम विमानस्थललाई निशाना बनाइएको छ। उनले मक्का र मदिनाबाहेक साउदीका अन्य विमानस्थलसमेत सम्भावित निशानामा रहेको उल्लेख गर्दै सैन्य कारबाही थप तीव्र बनाउने चेतावनी दिएका छन्।

यसैबीच, साउदी नेतृत्वको सैन्य गठबन्धनका प्रवक्ता टर्की अल–मालिकीले वायु रक्षा प्रणालीले रियाध विमानस्थलनजिक एउटा क्षेप्यास्त्र निष्क्रिय पारेको बताएका छन्। यद्यपि, विमानस्थलको यात्रु कक्षमा अज्ञात क्षेप्यास्त्र खसेपछि आगलागी भएको उनले पुष्टि गरेका छन्।

हुथी समूहले यमनमा साउदी समर्थित सरकारी सेनालाई सहयोग गरिएको र सानास्थित विमानस्थलमा साउदीले हवाई हमला गरेको आरोप लगाएको छ। त्यसैको जवाफस्वरूप साउदीका विमानस्थल तथा अन्य पूर्वाधारमा आक्रमण गरिएको समूहको भनाइ छ।

स्रोत: बीबीसी

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka