Premier Cables
Premier Steel

विराटनगर

विराटनगरको आरोहण गुरुकुलमा नाटक ‘सेतो धरती’ मञ्चन हुने

Hamro Biratnagar News Channel Calendar बुधबार, भाद्र १०, २०८३  | राती ८:२१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मदन पुरस्कार विजेता लेखक अमर न्यौपानेको चर्चित उपन्यास ‘सेतो धरती’मा आधारित नाटक विराटनगरमा मञ्चन हुने भएको छ।

कान्तिपुर थिएटरको प्रस्तुतिमा तयार पारिएको उक्त नाटक आगामी भदौ १२, १३ र १४ गते विराटनगरस्थित आरोहण गुरुकुलमा मञ्चन हुन लागेको हो।

बिज्ञापन

अमर न्यौपानेको बहुचर्चित कृतिलाई रङ्गमञ्चमा ढालेर तयार पारिएको यस नाटकको निर्देशन सून्दर धितालले गरेका छन्। तत्कालीन नेपाली समाजमा बालविधवाले भोग्नुपरेको पीडा, सामाजिक बन्धन र जीवनका कारुणिक आयमहरूलाई नाटकमा जीवन्त रूपमा प्रस्तुत गरिनेछ।

पूर्वी नेपालका रङ्गप्रेमीहरूलाई लक्षित गर्दै तीन दिनसम्म सञ्चालन हुन लागेको यस नाटक मञ्चनले स्थानीय नाट्य क्षेत्रमा विशेष उत्साह थप्ने अपेक्षा गरिएको छ।

कान्तिपुर थिएटरले विराटनगर तथा आसपासका सम्पूर्ण साहित्य र कलाप्रेमीहरूलाई नाटक अवलोकनका लागि उपस्थित हुन आग्रह गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka