Premier Cables
Premier Steel

विराटनगर

विराटनगरको पुरानो गुद्रीमा नेपाल र इटालीको म्याच लाईभ प्रसारण

Calendar बिहिबार, माघ २९, २०८२  | अपराह्न १:३८ बजे

विराटनगर। आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले आज बिहीबार इटालीसँग प्रतिस्पर्धा गर्दैछ। पहिलो खेलमा साविक विजेता इंग्ल्यान्डसँग केवल ४ रनको झिनो अन्तरले पराजित भएको नेपालले आजको खेलमा स्पष्ट जित निकाल्ने लक्ष्य लिएको छ ।
भारतको मुम्बईस्थित प्रसिद्ध वानखेडे स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ। यो खेलको विराटनगरमा सार्वजनिक स्थलमा लाइभ प्रसारण गरिने भएको छ । यसको संयोजन जेनजी मोरङले गरेको हो ।
विराटनगर महानगरपालिकाको सहयोगमा पुरानो गुद्री बजारको अरुण चिया पसल छेउमा स्क्रिनमा हेर्ने व्यवस्था मिलाइएको हो ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka