Premier Cables
Premier Steel

विराटनगर

भट्टराईलाई युवा परिचालनको जिम्मेवारी

Calendar बुधबार, माघ २८, २०८२  | बिहान ११:२० बजे

विराटनर । नेपाली काँग्रेस मोरङका यूवा नेता बिमल भट्टराईलाई मोरङ क्षेत्र नं ६ को युवा परिचालनको जिम्मेवारी दिईएको छ।

आसन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका उमेदवारलाई बिजयी बनाउन युवा फाँटको मोर्चा सम्माल्ने गरी उनलाई सो जिम्मेवारी दिईएको कांग्रेसका क्षेत्रीय सभापति देवराज तामाङले जानकारी दिएका छन्। सो क्षेत्रबाट कांग्रेसका प्रभावशाली नेता डां शेखर कोइराला उमेदवार छन्।

बुढीगंगा १ निवासी भट्टराइ युवामाझ चर्चित नेता हुन। भट्टराईले बुढीगंगाका सबै वडाहरूमा निर्वाचन प्रचारप्रसारका लागि कार्यालय स्थापना भएको बताउँदै युवाहरूको भावना समेट्दै तत्कालै यूवा परिचालन समिति बिस्तार गरिने बताए।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka