Premier Cables
Premier Steel

राजनीति

त्यो विशेष महाधिवेशन होइन, अवैधानिक भेला थियो- पूर्ण बहादुर खड्का

Calendar शुक्रबार, माघ ०२, २०८२  | अपराह्न २:५५ बजे

विराटनगर । देउवा पक्षीय कांग्रेसका नेता पूर्णबहादुर खड्काले कांग्रेस विशेष महाधिवेशनलाई अवैधानिक भेला भनेका छन् ।

आफ्नो पक्षको धारणा सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा खड्काले भने,‘‘त्यो विशेष महाधिवेशन होइन, अवैधानिक भेला थियो ।’’ खड्काले विशेष महाधिवेशन केन्द्रीय समितिलाई मात्र बोलाउने अधिकार भएको जिकिर गरे ।

बिज्ञापन

उनले नियोजित रुपमा पार्टीमा विभाजन ल्याउने काम भएको भन्दै नियमित अधिवेशन गर्ने अवधि टरेकोले विशेष पनि खारेज भएको दाबी गरे ।

खड्काले धारणा सार्वजनिक गरिरहँदा अर्का नेता डा. शेखर कोइराला पनि छेवैमा थिए । उनले निर्वाचन आयोगले सही निर्णय नगरे र विधान विपरीत काम भए देशभर आन्दोलन हुने चेतावनी पनि दिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka