Premier Cables
Premier Steel

राष्ट्रिय

कांग्रेस संस्थापन पक्षले भन्यो- पार्टी फुट्न लाग्यो

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, पुष २५, २०८२  | अपराह्न १:१४ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूहका केही शीर्ष नेताहरूबीच भएको छलफल सम्पन्न भएको छ । छलफलमा पार्टी विभाजन हुन नदिन विशेष महाधिवेशनको माग नगर्न आग्रह गर्ने निष्कर्ष निकालिएको छ ।

काठमाडौंको बानेश्वरस्थित आनन्दभूमि इभेन्टमा भएको बैठकमा संस्थापन पक्षका केन्द्रीय सदस्यहरू कृष्ण सिटौला, बालकृष्ण खाण, एनपी साउद, वीरबहादुर बलायर, शिव हुमागाईं, गुरु बराल, जीतजंग बस्नेत, किरण पौडेल, लक्ष्मी खतिवडा, उर्मिला थपलिया, गंगा अवाल, मदन कृष्ण श्रेष्ठ, गणेश लामा लगायत सहभागी थिए ।

छलफलपछि जानकारी दिँदै केन्द्रीय सदस्य गुरु बरालले पार्टीलाई कमजोर बनाउने गतिविधि बढेकाले त्यसलाई कसरी रोक्न सकिन्छ भन्ने विषयमा गम्भीर छलफल भएको बताए ।

उनका अनुसार इतिहासले पार्टी विभाजनका पीडादायी अनुभव देखाइसकेको उल्लेख गर्दै कांग्रेसलाई कमजोर पार्ने प्रयासहरू सक्रिय भएकाले पार्टी एकता जोगाउनु अपरिहार्य भएको निष्कर्षमा छलफल पुगेको हो ।

‘कांग्रेस कमजोर हुँदा लोकतन्त्र नै संकटमा पर्छ,’ उनले भने, ‘भूराजनीति र राष्ट्रिय राजनीतिक परिस्थितिका कारण पनि पार्टी विभाजन हुन नदिन देशभरका कांग्रेस कार्यकर्तालाई एकताबद्ध हुन आह्वान गर्ने निर्णय गरिएको छ ।’

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka