Premier Cables
Premier Steel

विराटनगर समाचार

विराटनगर महानगर कांग्रेस सभापतिमा अभिषेक गिरीको उम्मेदवारी घोषणा

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, पुष ०४, २०८२  | अपराह्न ३:४४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर महानगर कांग्रेस सभापतिमा अभिषेक गिरीको उम्मेदवारी घोषणा

सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय विराटनगरका युवा नेता अभिषेक गिरीले आउँदो नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विराटनगर महानगर सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

बिज्ञापन

शुक्रबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत गिरीले आफू सभापतिको उम्मेदवार रहेको औपचारिक घोषणा गरेका हुन्।

लामो समयदेखि नेपाली कांग्रेसका क्रियाशील सदस्यका रूपमा पार्टीभित्र सक्रिय रहँदै आएका गिरीले ‘गिरी फाउन्डेसन’ दर्ता गरी सामाजिक सेवाका कार्यहरू समेत गर्दै आएका छन्।

विराटनगरलाई नेपाली कांग्रेसको केन्द्रका रूपमा लिने गरिन्छ। यहाँको महानगर सभापति पद सधैं चर्चाको विषय बन्ने गरेको छ।

विशेषगरी कांग्रेसको कोइराला पक्षको किल्लाका रूपमा चिनिने यस महानगरमा कोइराला परिवारको समर्थनबिना सभापति मात्रै होइन, क्षेत्रीय प्रतिनिधि बन्नसमेत कठिन हुने कांग्रेस कार्यकर्ताहरू बताउँछन्।

गिरीले आफू कुन प्यानलबाट उम्मेदवारी दिने भन्ने विषयमा भने हालसम्म खुलाएका छैनन्। विराटनगर महानगर सभापतिका लागि गिरीसँगै कृष्ण कार्की, अरुण न्यौपाने लगायतका नेताहरूको नाम पनि चर्चामा रहेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka