Premier Cables
Premier Steel

विराटनगर

कांग्रेसका नेता तथा पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधन

Calendar आइतबार, मंसिर २८, २०८२  | बिहान १०:१३ बजे

विराटनगर । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधन भएको छ ।

केही वर्षयता राजनीतिबाट निष्क्रिय रहँदै आएका उपाध्यायको ९२ वर्षको उमेरमा निधन भएको हो । उनले विचार र आदर्शलाई प्राथमिकतामा राखेर राजनीति गर्दै आएका थिए ।

बिज्ञापन

विराटनगर महानगरपालिका वडा नम्बर ७ का स्थायी बासिन्दा उपाध्याय क्यान्सर रोगबाट पीडित थिए । परिवारका अनुसार उनको उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको निधन भएको हो ।

उपाध्यायको निधनप्रति कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की, विराटनगर महानगरपालिकाका प्रमुख तथा नेपाली कांग्रेस मोरङका उपसभापति नागेश कोइरालालगायतले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka