Premier Cables

विराटनगर

दिल्ली पब्लिक स्कुल विराटनगरको प्रिन्सिपलमा टी. एन. भण्डारी नियुक्त

Hamro Biratnagar News Channel Calendar सोमबार, भाद्र १५, २०८३  | राती १०:०० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर। दिल्ली पब्लिक स्कुल (डीपीएस), विराटनगरको प्रिन्सिपलमा अनुभवी शिक्षाविद् तथा शैक्षिक नेतृत्वकर्ता टी. एन. भण्डारी नियुक्त हुनुभएको छ।

लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय भण्डारीले शैक्षिक नेतृत्व, विद्यालय व्यवस्थापन तथा विद्यार्थीको सर्वाङ्गीण विकासका क्षेत्रमा पुर्‍याउँदै आउनुभएको योगदानको कदर गर्दै उहाँलाई विद्यालयको प्रिन्सिपलको जिम्मेवारी प्रदान गरिएको हो।

नवनियुक्त प्रिन्सिपल भण्डारीलाई औपचारिक रूपमा स्वागत तथा बधाई ज्ञापन गर्न विद्यालयमा आयोजित कार्यक्रममा दिल्ली पब्लिक स्कुल, विराटनगरका अध्यक्ष प्रकाश मुन्द्रा तथा बोर्ड अफ डाइरेक्टर अरुण राठीको विशेष उपस्थिति रहेको थियो।

विज्ञापन

कार्यक्रममा अध्यक्ष प्रकाश मुन्द्रा, बोर्ड अफ डाइरेक्टर अरुण राठी, विद्यालयका एकेडेमिक कोअर्डिनेटर दुर्गा निरौला तथा कक्षा ११ र १२ का जोन हेड कुबेर क्षेत्रीले नवनियुक्त प्रिन्सिपल भण्डारीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो। उहाँहरूले भण्डारीको अनुभव, नेतृत्व क्षमता र शैक्षिक दृष्टिकोणले विद्यालयको शैक्षिक तथा संस्थागत विकासमा थप ऊर्जा प्रदान गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो।

विद्यालयले भण्डारीको नियुक्तिलाई उहाँको समर्पित सेवा, कुशल नेतृत्व, शैक्षिक दृष्टिकोण, व्यावसायिकता तथा संस्थाको विकास र उत्कृष्टताप्रतिको निरन्तर प्रतिबद्धताको सम्मानका रूपमा लिएको जनाएको छ।

शैक्षिक नेतृत्वमा लामो अनुभव हासिल गर्नुभएका भण्डारीले विद्यार्थीको शैक्षिक उपलब्धिसँगै अनुशासन, नवीन शिक्षण पद्धति, शिक्षकको व्यावसायिक विकास तथा विद्यार्थीको सर्वाङ्गीण विकासमा विशेष जोड दिँदै आउनुभएको छ।

उहाँको नेतृत्वमा दिल्ली पब्लिक स्कुल, विराटनगरले शैक्षिक उत्कृष्टता, अनुशासन, नवप्रवर्तन र समग्र शिक्षाको क्षेत्रमा थप उचाइ हासिल गर्ने विद्यालय परिवारले विश्वास व्यक्त गरेको छ।

नवनियुक्त प्रिन्सिपल भण्डारीलाई विद्यालय परिवारले हार्दिक बधाई तथा सफल एवं प्रेरणादायी कार्यकालको शुभकामना व्यक्त गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka