Premier Cables
Premier Steel

राष्ट्रिय

रास्वपा मधेशकी संस्थापक सभापति शर्मा कांग्रेस प्रवेश

Calendar बुधबार, फाल्गुण ०६, २०८२  | साँझ ४:१८ बजे

विराटनगर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्मा नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । पार्टी परित्याग गरी आज जनकपुरमा आयोजित कांग्रेससभामा उनी कांग्रेस प्रवेश गरेकी हुन् ।

शर्माले आफू मधेशको छोरी भएको भन्दै रास्वपाले एउटा कुरा गर्ने तर व्यवहार भने अर्कै भएको भन्दै त्यो पार्टीमा बस्न मन लागेको बताइन ।

पार्टी विधि र विधानविपरीत चलेको भन्दै उनले रास्वपाको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्या गरेको घोषणा गरेकी थिइन् ।

पार्टीमा खटिएका क्षमतावान रास्वपा कार्यकर्ताहरूको मूल्यांकन नभएको आरोप लगाउँदै पार्टी छोडेकी हुन् ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka