Premier Cables
Premier Steel

राजनीति

सर्यो कांग्रेस केन्द्रीय समितिको बैठक

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, पुष २९, २०८२  | बिहान १०:०६ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजे बस्ने गरी सारिएको छ।

यसअघि बिहान ११ बजेका लागि तय गरिएको बैठक समय परिवर्तन गरी दिउँसो १ बजेका लागि सारिएको कांग्रेसका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए। बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेशका सभापतिहरूलाई सहभागी हुन आह्वान गरिएको छ।

यसैबीच, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा आइतबारदेखि भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी रहँदा कांग्रेसभित्रको विवाद थप चर्किएको छ।

विशेष महाधिवेशन पक्षधर केन्द्रीय सदस्यहरूले केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने घोषणा गरेका छन्।

विवाद समाधानका लागि हाल बालुवाटारमा विशेष महाधिवेशन पक्ष र संस्थापन पक्षबीच वार्ता जारी छ।

संस्थापन पक्षीय नेताहरूले विशेष महाधिवेशनलाई अवैधानिक ठहर गर्दै आएका छन् भने विशेष महाधिवेशन पक्षधरहरूले नेतृत्व र नीति चयन गर्ने उद्देश्यसहित प्रक्रिया अघि बढ्ने बताएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka