Premier Cables
Premier Steel

राजनीति

विशेष महाधिवेशन स्थल पुगे कांग्रेस महामन्त्री गगनकुमार थापा

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, पुष २७, २०८२  | अपराह्न २:०७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा भाग लिन महामन्त्री गगनकुमार थापा मञ्चमा पुगेका छन्।

सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित शीर्ष नेताहरू भने महाधिवेशनमा सहभागी छैनन्।

बिज्ञापन

शीर्ष नेतृत्वमध्ये महाधिवेशनमा महामन्त्री थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्मामात्रै सहभागी हुँदै छन्।

महामन्त्री थापाले महाधिवेशनस्थल आउनुअघि घरबाट निस्किँदा आफ्ना बाबुआमाबाट आशीर्वाद थापेर निस्किएको तस्बिर सार्वजनिक गरेका थिए। थापा महाधिवेशनस्थल पुग्दा उनको समर्थनमा महाधिवेशन प्रतिनिधिहरूले नाराबाजी गरेका थिए।

केन्द्रीय सदस्य प्रदीप पौडेल पनि महाधिवेशनमा भाग लिन पुगेका छन् भने सभापति देउवानिकटका नेताहरू गोपामान श्रेष्ठ, भरत शाह र ध्रुव वाग्ले पनि महाधिवेशनस्थल पुगेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka