Premier Cables
Premier Steel

राष्ट्रिय

झापा ५ बाट कृष्ण प्रसाद सिटौलाका छोराको नाम उमेदवारमा सिफारिस

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, मंसिर २५, २०८२  | बिहान ११:५९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाली कांग्रेसले झापा क्षेत्र नम्बर ३ बाट आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६ जनाको नाम सिफारिस गरेको छ।

कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले विगतमा निरन्तर उम्मेदवारी दिँदै आएको यस क्षेत्रबाट यसपटक उनका छोरा श्याम सिटौलाको नामसमेत सिफारिस सूचीमा समेटिएको छ।

बिज्ञापन

बुधबार बसेको नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ३ क्षेत्रीय समितिको बैठकले ६ जनाको नाम माथिल्लो तहमा पठाउने निर्णय गरेको हो। क्षेत्रीय सभापति गणेश पोखरेलका अनुसार सिफारिस सूचीमा श्याम सिटौला, नवीन विमली, भगिरथ पोद्दार, शर्मिला अधिकारी, टीकाराम ढकाल र सिताराम खड्का छन्। सूचीमा समावेश श्याम, नेता कृष्णप्रसाद सिटौलाका छोरा हुन्।

यसअघि भएका चुनावहरूमा कृष्णप्रसाद सिटौलाले नै यो क्षेत्रबाट प्रतिनिधित्व गर्दै आएका थिए। तर अहिले उनी राष्ट्रियसभा सदस्य रहेका कारण यसपटक प्रत्यक्षतर्फको सिफारिसमा परेनन्। सिटौला २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग पराजित भएका थिए।

फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले देशभरबाट उम्मेदवार सिफारिस गर्ने प्रक्रिया जारी राखेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka